एलन मस्कको कम्पनीले १५ सय जनावर मारेको आरोप, यूएसडीएले सुरु गर्‍यो छानबिन – Nepal Press

एलन मस्कको कम्पनीले १५ सय जनावर मारेको आरोप, यूएसडीएले सुरु गर्‍यो छानबिन

काठमाडौं । विश्वका दोस्रो धनाड्य व्यक्ति एलन मस्कको कम्पनी न्युरोलिङ्कमाथि पशु अधिकार हनन गरेको आशंकामा छानबिन सुरु भएको छ । संयुक्त राज्य कृषि विभाग (यूएसडीए) का महानिरीक्षकले कम्पनीमाथि छानबिन सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यम रोयटर्सले जनाएको छ ।

रिपोर्टका अनुसार कम्पनीमाथि हतारमा जनावरमा परीक्षण गरेको र सोही कारण सन् २०१८ यता २८० भन्दा बढी भेडा, सुँगुर र बाँदरसहित कूल १५०० जनावरको पीडादायी मृत्‍यु भएको आरोप छ ।

प्राप्त आकँडाको आधारमा मात्र कम्पनीले कानुन उलङ्घन गरेको नलाग्ने भए पनि संस्थापक एलन मस्कले विकासको गति बढाउन दिएको दबावका कारण त्रुटिपूर्ण परीक्षण हुन पुगेको र त्यसबाट मृत्युदर आवश्यकता भन्दा बढी हुन पुगेको न्यूराेलिङ्कका कर्मचारी स्वयमले स्वीकार गरेको जनाइएको छ ।

रिपोर्टका अनुसार मस्कले आफ्ना कर्मचारीहरुलाई एक पछि आर्को दबाब मुलक इमेल पठाइरहने कुराको पनि खुलासा भएको छ । कम्पनीको आन्तरिक कागजातमा रोयटर्सले गरेको जाँचका अनुसार चार ओटा परीक्षणमा सहभागी गराइएका ८६ ओटा सुँगुर र दुई बाँदरमा आएको नतिजामा मानवीय त्रुटी रहेको र सोही परिक्षणलाई दोहोर्याउदा थप जनावरहरुको समेत मृत्‍यु भएको थियो ।

‘न्युरोलिन्कमा आवश्यक तयारीको कमी र अत्याधिक दबाबकैबीचमा जनावरहरुको शल्यकृया गर्ने गरिन्छ ।’ कम्पनीकै कर्मचारीलाई उध्रदत गर्दै रोयटर्सले जनाएको छ ।

कम्पनी माथि यसै वर्षको सुरुवातमा पनि लापरवाहीका कारण जनावरको मृत्‍यु भएको आरोप लागेको थियो । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा रेस्पोनशिवल मेडिसिन फर फिजिसियन कमिटी’ को संयुक्त अनुसन्धानमा पनि न्यूरालिङ्कले छ वटा बाँदरहरू मारेको भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर