ओलीसँग भेटेपछि देव गुरुङले भने- बधाई दिएँ, सरकारबारे कुरा भएन – Nepal Press

ओलीसँग भेटेपछि देव गुरुङले भने- बधाई दिएँ, सरकारबारे कुरा भएन

काठमाडौं । वामपन्थी सरकार गठनको विषयमा चर्चा चलिरहेको बेला नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पुगेका थिए ।

अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको महासचिव गुरुङले बताए ।

उनले भने, ‘उहाँ विजयी हुनुभएको छ । उहाँलाई बधाई दिनमात्रै गएको हुँ ।’

ओलीसँग भेटेर एमाले माओवादी मिलेर सरकार बनाउने विषयमा छलफल थाल्नुभएको हो ? भन्ने नेपालप्रेसको जिज्ञासामा उनले त्यसमा छलफल नभएको बताए ।

उनले भने, ‘सरकार गठनको विषयमा छलफल भएको छैन । बाहिर हल्ला धेरै हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर