अध्यादेश खारेज गर्न पूर्वआईजीपीकाे माग, सुरक्षाकर्मी र परिवारलाई हतोत्साही बनाएको ठहर – Nepal Press

अध्यादेश खारेज गर्न पूर्वआईजीपीकाे माग, सुरक्षाकर्मी र परिवारलाई हतोत्साही बनाएको ठहर

काठमाडौं । नेपाल प्रहरी पूर्वसंगठन प्रमुख मञ्चले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई रिहाइ गर्ने उद्देश्यले ल्याउन लागेको अध्यादेश तत्काल खारेज गर्न माग गरेको छ । राष्ट्रपतिसमक्ष प्रमाणीकरण गर्न पठाइएको अध्यादेशले बहालवाला तथा निर्वतमान सुरक्षाकर्मी र तिनका परिवारलाई हतोत्साही बनाउने भन्दै तत्काल खारेजीको माग गरेको हो ।

पूर्वप्रहरी महानिरीक्षक श्यामभक्त थापाको घरमा आज बसेको बैठकले नेपाल प्रहरीकाे हितविपरीतका सबै क्रियाकलाप र निर्णयको आगामी दिनमा पनि विरोध गर्ने निर्णय गरेको छ ।

मञ्चको बैठकमा नेपाल प्रहरीका १३ जना पूर्वमहानिरीक्षकहरुको उपस्थिति रहेको थियो । बैठकले मन्त्रिपरिषदबाट लोकतान्त्रिक प्रणालीको मर्म प्रतिकूल हुनेगरी असान्दार्भिक रुपमा नेपालको फौजदारी कानूनअनुसार सजाय भुक्तान गरिरहेका अपराधी र अभियुक्रत र समूहलाई आम माफी दिने प्रयोजनका लागि अध्यादेश प्रमाणीकरणका लागि पठाएकोमा विरोध गरेको छ ।

 


प्रतिक्रिया

One thought on “अध्यादेश खारेज गर्न पूर्वआईजीपीकाे माग, सुरक्षाकर्मी र परिवारलाई हतोत्साही बनाएको ठहर

  1. नेपाल प्रहरिको आइ जि पी जस्तो उच्च पद सम्हालिसकेका १ हैन २ हैन १३ जना पुर्व आइजिपीहरुको भावनाको त कदर नै गर्छु । तर यत्ती ठुलो ओहोदामा पुगिसकेका वहांहरुले त्यो अध्यादेस राम्रोसंग अध्ययन गरेर मात्र बिज्ञप्ती जारी गर्नु पर्दैनथ्यो र ? यस्तो कमजोर बिज्ञप्ती जारी गरि गर्दा सिंगो प्रहरि संगठनकै प्रतिष्ठामा क्षय पुग्दैन ? संजाय भुक्तान गरिरहेका अपराधीलाई आम माफी दिने कुरा कहां छ अध्यादेसमा र तपांईहरुले आममाफिको कुरा लेख्नु भएको ? अध्यादेसमा त मुध्दा फिर्ता लिने कुरा उल्लेख छ । मुध्दा फिर्ता लिनु भनेको र आम माफी दिनु भनेको एउटै कुरा हो भन्ठान्नु भएको हो कि ? त्यस्तै लागेको हो भने पनि जुन बाक्यांश अध्यादेसमा छ त्यहि बाक्यांश प्रयोग गर्नु पर्ने होइन र ? मलाई त बिज्ञप्तीका शब्द र भाषा देख्दा लाज पो लग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर