देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै सेवा सुविधा वृद्धि हुँदै जान्छ : अध्यक्ष तिमिल्सिना – Nepal Press

देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै सेवा सुविधा वृद्धि हुँदै जान्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकास र समृद्धितर्फ उन्मुख भएसँगै सेवा सुविधा स्वतः वृद्धि हुँदै जाने बताएका छन् ।

संसद सेवा दिवसका अवसरमा संघीय संसद सचिवालयले मंगलबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अहिले नै संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा बढाउने कहीँ पनि ठाउँ नभएको भन्दै मुलुकको आर्थिक अवस्था सुधार भएसंगै सेवा सुविधा स्वतः वृद्धि हुँदै जाने बताएका हुन् ।

सेवा गरेपछि सुविधा खोज्नु स्वाभाविक भए पनि जनताको अवस्था पनि बुझ्न जरुरी रहेको उनले बताए । उनले विगतका भोगाइ र अहिलको आवश्यकताबीचको अन्तर पहिल्याउन जरुरी रहेको धारणा पनि राखे ।

कार्यक्रममा प्रशासन सुधार सुझाव समिति, २०७० का संयोजक काशीराज दाहालले सरकारी सेवा सञ्चालनको सैद्धान्तिक पक्ष र संसद सचिवालयका सचिव सुदर्शन खड्काले संसद सेवाको प्रभावकारिताः समीक्षा र आगामी कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर