कामचलाउ सरकार दण्डहीनता संस्थागत गर्न र जसरी पनि बहुमतको खेलमा लाग्यो : पीपीएलए – Nepal Press

कामचलाउ सरकार दण्डहीनता संस्थागत गर्न र जसरी पनि बहुमतको खेलमा लाग्यो : पीपीएलए

काठमाडौं । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए)ले सरकार दण्डहीनता संस्थागत गर्न लागेको आरोप लगाएको छ ।

दण्डहीनतालाई संरक्षण गर्दै नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउने खेल सरकारले खेलेको आरोप पीपीएलएले लगाएको हो ।

जनताको प्रतिनिधिमूलक संस्थालाई छलेर सत्ता टिकाउनकै लागि गलत बाटोबाट अध्यादेश ल्याउने निर्णयको पनि भर्त्सना गरेको छ ।

अपराधलाई बढवा दिने गरी अध्यादेश ल्याउनु विधिको शासनको पूर्ण बर्खिलाप हुने उल्लेख गर्दै पीपीएलएले यसले विश्वसामु लज्जित हुनुपरेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर