अध्यादेशविरुद्ध माइतीघरमा पीडितसहित मानव अधिकारवादीको खबरदारी – Nepal Press

अध्यादेशविरुद्ध माइतीघरमा पीडितसहित मानव अधिकारवादीको खबरदारी

काठमाडौं । सरकारले ल्याउन लागेको अध्यादेशविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । मानवअधिकारवादीहरूको अगुवाइमा भएको प्रदर्शनमा पीडित समेत सहभागी थिए ।

प्रदर्शनमा सहभागीहरूले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेश फिर्ता लिन माग गरेका छन् ।

पीडित परिवारका आफन्तहरूले परिवारका सदस्यहरूको क्रूर हत्या भएको घटनाहरूमा आफन्तलाई मलहम लगाउनुको सट्टा सरकारले अन्याय गरिरहेको बताएका छन् ।

प्रदर्शनमा सहभागी गैसस महासंघका उपाध्यक्ष भावना भट्टले अध्यादेश फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइन् ।

उनले मानवअधिकार र लोकतन्त्रका लागि भन्दा पनि राजनीतिकलाई पेसाका रूपमा अगाडि बढाइएको बताइन् ।

सरकारले अध्यादेश ल्याएपछि चौतर्फी विरोध भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *