सत्ता गठबन्धनमा रहेको जनमोर्चाले भन्यो- बहुमत पुर्‍याउन रेशम चौधरीलाई आममाफी दिन खोजियो – Nepal Press

सत्ता गठबन्धनमा रहेको जनमोर्चाले भन्यो- बहुमत पुर्‍याउन रेशम चौधरीलाई आममाफी दिन खोजियो

काठमाडौं । राष्ट्रिय जनमोर्चा सरकारले ल्याएको अध्यादेशको विरोध जनाएको छ। सरकारले ल्याएको मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याएर रेशम चौधरीलाई आममाफी दिन लागेकोप्रति जनमोर्चाले आपत्ति जनाएको हो।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै सरकार बनाउन बहुमत पुर्‍याउनका लागि मात्रै अध्यादेश ल्याएको आरोप लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन, सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ। आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने छ।’

राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने खतरा बढेको बताए। सरकार बनाउन बहुमत पुर्‍याउने उद्देश्यले दण्डहीनतालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत भएको उनको भनाइ छ।

सत्ता गठबन्धनमा सुरुदेखि नै सामेल रहेको जनमोर्चा सरकारको कदमको विरोध गर्न पछि पर्दैन। यसअघि पनि अमेरिकी सहयोग परियोजना एमसिसी, नागरिकता विधेयक लगायतको विवादास्पद प्रकरणमा जनमोर्चाले विरोध गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर