बागमतीमा एकै दिन ९ जना मृत फेला – Nepal Press

बागमतीमा एकै दिन ९ जना मृत फेला

हेटौँडा । बागमती प्रदेशमा एकै दिन ९ जना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा चितवनमा ३ जना, काभ्रे तथा धादिङमा २-२ जना, दोलखा, तथा नुवाकोटमा १–१ जना गरी ९ जना रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मृत अवस्थामा फेला पर्नेहरूमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ नारायण चोकमा बस्ने ७० वर्षका कृष्ण लामा, भरतपुर–५ कल्याणपुरका २५ वर्षीय मुखलाल मुखिया, भरतपुर–१० बस टर्मिनल नजिकै यात्रा गरी भरतपुर आइपुगेका भरत झा रहेको प्रहरीले जनाएको छ ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आलेगाउँका दम्पती पनि मृत फेला परेको प्रहरीको भनाई छ । प्रहरीको अनुसार आलेगाउँमा आफ्नै घरभित्र ६४ वर्षका विष्णु आले र उनकी श्रीमती ६० वर्षकी निरमाया आले पनि मृत अवस्थामा फेला परेका छन् । काभ्रेमा पनि दुईजना मृत फेला परेका छन् ।

काभ्रेको भुल्लु गाउँपालिका वडा नम्बर ७ उग्रेनीमा ७९ वर्षका खडानन्द पराजुली तथा पनौती नगरपालिका वडा नम्बर १२ मा ५६ वर्षकी सिता नगरकोटी पनि मृत फेला परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा ४५ वर्षका जितबहादुर तामाङ तथा दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर २ की ३३ वर्षीय लक्ष्मी कार्की पनि मृत फेला परेकी छिन् ।

मृत फेला परेकाहरूको विषयमा आवश्यक अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर