विशेष अदालतको फैसलाविरुद्ध अख्तियार पुनरावेदन जाँदै – Nepal Press

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार पुनरावेदन जाँदै

काठमाडौं । विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विभिन्न फैसलामा पुनरावेदनमा जान भएको छ । यसअघि ४ मुद्दामा पुनरावेदनमा गएको अख्तियार सोमबार थप दुई मुद्दामा पुनरावेदन गएको हो ।

राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी मुद्दामा सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तासमेत रहेका सहसचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार पछिल्लोपटक आयोग भागवत भट्टराई र लालु गिरिलगायत विपक्षी रहेको छुट्टाछुट्टै मुद्दामा सर्वोच्च गएको हो । भट्टराईलाई मागदाबी भन्दा कम बिगो कायम जरिवाना हुने र ६ वर्ष कैद तथा गणेशकुमार पोखरेललाई सफाइ पाउने गरी फैसला भएकोप्रति आयोगको असन्तुष्ट बन्दै पुनरावेदन गरिएको प्रवक्ता भण्डारीले बताए ।

यस्तै प्रतिवादी देवजङ शाही र रणधीर तुम्बालाई ठहर तथा छविलाल ढकाललाई भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम ठहर गरी दफा १९ बमोजिमको कसूरमा सफाइ दिइएकोमा पनि अख्तियारले असन्तुष्टि जनाउदैँ पुनरावेदन गरेको हो । अन्य प्रतिवादीलाई सफाइ पाउने ठहर भई फैसला भएको भन्दै आयोगले मागदाबी अनुसारकै सजायको माग पुनरावेदनमार्फत गरेको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *