जन्म दिन मनाउन बोलाएर नाबालिकामाथि करणी गर्ने तीन पुरुष प्रक्राउ – Nepal Press

जन्म दिन मनाउन बोलाएर नाबालिकामाथि करणी गर्ने तीन पुरुष प्रक्राउ

काठमाडौं । बागलुङमा जन्मदिन मनाउन भनि बोलाएर होटलमा लगि नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बागलङ गलकोट नगरपालिका वडा नं. ९ घर भई कास्की पोखरा महानगरपालिका ८ बस्ने २५ वर्षीय अशोक दर्लामी मगर, धादिङ घर भई हाल पोखरा ८ बस्ने १९ वर्षीय सन्दिप तामाङ र गुल्मी अर्मेनी स्थायी घर भएका पोखरा १७ मा बस्ने १९ वर्षीय राहुल थापालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरी आजै बागलुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर