अनेरास्ववियुको आरोप- अध्यादेश ल्याएर देउवा फेरि कलङ्कित भए – Nepal Press

अनेरास्ववियुको आरोप- अध्यादेश ल्याएर देउवा फेरि कलङ्कित भए

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु जनविरोधी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ। सोमबार अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता नलिए कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिएकी हुन्।

ताजा जनादेश आएर नयाँ सरकार बन्ने अवस्था आइसकेको बेला देउवा सरकारले दीर्घकालीन असर पर्ने निर्णयले संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्ने गरी मन्त्रिपरिषद्को बैठकबाट गरिएको गैर संवैधानिक राजनीतिक निर्णयले कानूनसँग अन्तर्विरोध राख्ने मुद्दालाई कानुन संशोधन गरी खारेज गर्ने उद्देश्यले ल्याइएको उक्त अध्यादेश सत्तारोहणको लागि बहुमत जुटाउन गरिएको लज्जास्पद निर्णय हो भन्ने अनेरास्ववियुको ठहर छ । ’

विगतमा जम्बो मन्त्रिमण्डल बनाएर बदनामी कमाएका सत्ताका माहिर खेलाडी देउवाले सांसद किनबेच गरेर, राजाको बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाउने, परमादेशबाट सरकार निर्माण गर्ने जस्ता अनेकन् हर्कत गरेको आरोप लगाएको छ।

अहिले देउवाले संविधान विरोधी दण्डहीनतालाई प्रशय दिँदै संसद्को अधिकार क्षेत्रमा प्रहार गर्ने अध्यादेश ल्याई पुनः एक पटक कलङ्कित बनेको आरोप अनेरास्ववियुले लगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर