घरायसी विवाद हुँदा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा एक महिला गम्भीर घाइते – Nepal Press

घरायसी विवाद हुँदा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा एक महिला गम्भीर घाइते

हेटौँडा । घरायसी विवाद हुँदा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी एकजना महिला घाइते भएकी छन् ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ पलासेमा भएको घटनामा ३० वर्षकी रिना ब्लोन गम्भीर घाइते भएको वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

घाइते महिलाको उपचारको लागि चितवन पठाइएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर