राप्रपा नेपालले भन्यो- सरकारले सत्ता स्वार्थका लागि अभियुक्तलाई उन्मुक्ति दिन खोज्यो – Nepal Press

राप्रपा नेपालले भन्यो- सरकारले सत्ता स्वार्थका लागि अभियुक्तलाई उन्मुक्ति दिन खोज्यो

काठमाडौं । राप्रपा नेपालले रेशम चौधरीलाई छाड्ने ल्याउन खोजेको अध्यादेशप्रति आपत्ति जनाएको छ। राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंहले सरकारले सत्ता स्वार्थका लागि अभियुक्तलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘सत्ता स्वार्थका निम्ति नयाँ संसद्को बैठक बस्ने पूर्व सन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ। लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपाल माग गर्दछ।’

अध्यादेशले लोकतन्त्रको खिल्ली उडाउने भन्दै तत्काल रोक्न माग गरेको छ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले चौधरीसहित सिके राउत, नेत्रविक्रम चन्द लगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर