सनिगाड हाइड्रोको आइपीओको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने – Nepal Press

सनिगाड हाइड्रोको आइपीओको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने

काठमाडौं । सनिगाड हाइड्रो लिमिटेडले निष्कासन गर्न आइपीओको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने भएको छ । सानिगाडले सय रुपैयाँ प्रतिकित्ताका दरले ६७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्दै छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारमा गएका श्रमिकको लागि आइपीओ जारी गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि बिक्री खुला गर्नेछ ।

कम्पनीको आइपीओ निष्कासनमा हाइड्रोको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले बिक्री प्रबन्धकको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बझाङ जिल्लामा रहेको सनिगड हाइड्रोको विद्युत् उत्पादन क्षमता ३८ दशमलव ४६ मे.वा रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य केही साता भित्र सकिएर विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर