सोमबार ४ बजेसम्ममा दलहरुले समानुपातिक उम्मेदवारको नामावली सच्याउन पाउने – Nepal Press

सोमबार ४ बजेसम्ममा दलहरुले समानुपातिक उम्मेदवारको नामावली सच्याउन पाउने

काठमाडौं । समानुपातिकतर्फ सीट प्राप्त गरेका दलले पेश गरेको उम्मेदवारको सूची सोमबार ४ बजेसम्म सच्याउन पाउने भएका छन् । निर्वाचन आयोगले पेश गरेको नामावली सच्याउनका लागि दललाई समय दिएको छ ।

त्रुटि गरेर समानुपातिक उम्मेदवारको नाम पठाउने राजनीतिक दललाई सच्याएर पुनः विवरण पठाउन सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिइएको आयोगको समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्याधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत दलले बुझाएको समानुपातिक उम्मेदवारको विवरणमा सच्याउनुपर्ने अवस्था भने नरहेको बताए ।

केही राजनीतिक दलले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दललाई पत्राचार गरिएको प्रवक्ता वाग्लेले बताए । उनका अनुसार आयोगले दलबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिने र प्रमाणपत्र वितरण गरिने छ ।

निर्वाचन आयोगका अनुसार १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेश गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर