करको कर्मचारी भन्दै सरकारी पोसाक लाएर होटल र पसलमा ‘रेड’ (भिडिओ) – Nepal Press

करको कर्मचारी भन्दै सरकारी पोसाक लाएर होटल र पसलमा ‘रेड’ (भिडिओ)

काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै सरकारी पोसाक लगाएर हाेटल र पसलहरुमा रेड हान्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभागको ड्रेस कोड, नक्कली परिचय पत्र लगाएर काठमाडौँको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा पक्राउन परेका ८ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको हाे । होटल, रेष्टुरेन्ट र पसलले कर नतिरेको भन्दै रकम असुली रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथर फिदीमकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेकाहरूबाट राजस्व कार्यालयका स्ट्याम्प, लेटरप्याड लगायत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जानकारी दिए ।

स्थानीयको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको उनले बताए । बोहराले विगत ४ दिन देखि बसपार्क इलाकामा विभिन्न होटल लज,पसलहरू तथा फुटपाथ पसलहरूबाट समेत विभिन्न परिमाणमा रकम असुल गरेको भन्ने बुझिन आएको र पीडितहरूबाट प्राप्त रसिद र मोबाइल–पेबाट समेत गरी ५ लाख भन्दा बढी संकलन गरेको खुल्न आएको पनि बताए ।

त्यस्तै प्रहरीले गोकर्णेश्वर न.पा. वडा नं. ९ भगवतीथान स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको ३४ लाख ९७ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

जितेन्द्र कुमार चौधरीले चलाएको बा.९८ प २२०९ नं. को स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको डिक्की तथा निज जितेन्द्र कुमार चौधरीले साथमा बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको उक्त रकम बरामद गरिएको (एसएसपी) बोहराले जानकारी दिए ।

अनुसन्धानका विविध विधि र प्रविधिसमेतको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त नगद विश्व कुमार गुरुङको रहेको खुल्न आएकोले उनलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर