चोलेन्द्रको महाअभियोग फुकुवाबारेको प्रश्न र लिखित जवाफ संसद सचिवालयले एकैपटक पठाउने – Nepal Press

चोलेन्द्रको महाअभियोग फुकुवाबारेको प्रश्न र लिखित जवाफ संसद सचिवालयले एकैपटक पठाउने

काठमाडौं । संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग फुकुवाबारेका प्रश्न र लिखित जवाफ एकै पटक पठाउने भएको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले संवैधानिक इजलासबाट लिखित जवाफ माग भएकाले पूर्ण बैठकको निर्णयअनुसार सोधिएका विषयहरूको जानकारी सँगै पठाइने बताए ।

सर्वोच्चलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘..अदालतको संवैधानिक इजलासबाट मिति २०७९ मंसिर २३ गते कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश भइसकेको र सो सम्बन्धमा संघीय संसद्का महासचिवले ७ दिनभित्र लिखित जवाफ दिनुपर्ने आदेश भएकाले सर्वोच्चको पूर्ण बैठकको निर्णयअनसार सोधिएका विषयहरूको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने व्यहोरा पूर्ण बैठकसमक्ष अनुरोध गर्दछु ।’

महासचिव गौतमले प्रधानन्यायाधीश राणालाई महाअभियोग फुकुवाको पत्र पठएसँगै सर्वोच्चको पूर्ण बैठकले उनलाई केही प्रश्न सोधेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर