११० समानुपातिक लिस्टमा सुदूरपश्चिमबाट ५ जना मात्रै ! – Nepal Press

११० समानुपातिक लिस्टमा सुदूरपश्चिमबाट ५ जना मात्रै !

कैलाली । समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेशले ५ जना सांसद पाउने भएको छ । ती पाँच जनामध्ये कांग्रेसले ३ जना सांसद बनाउँदा एमाले र माओवादी केन्द्रले १/१ जनालाई सांसद बनाएका छन् ।

कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा र ईश्वरी न्यौपानेले समानुपातिक तर्फबाट सांसद बन्ने अवसर पाएका छन् । बाजुराका महासनाइ नेपालीलाई पनि कांग्रेसले समानुपातिक तर्फबाट समेटेको छ ।

देउवा डडेल्धुरा र न्यौपाने कैलालीबाट सिफारिस भएका थिए ।

माओवादी केन्द्रले कैलालीकै रुपा चौधरीलाई समानुपातिकमा समेट्दा एमालेले दयाल बहादुर शाहीलाई समेट्यो । माओवादीकी चौधरी कैलाली र एमालेका शाही बाजुराका हुन् ।

राष्ट्रिय दल बनेका सात पार्टी मध्ये सुदूरपश्चिमबाट समानुपातिक माध्यमबाट तीन पार्टीका चार जना मात्रै सांसद भए ।
मुलुकभर सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर