समानुपातिकतर्फ वागमतीबाट २९ सांसद, काठमाडौंबाट ८ जना पर्दा तीन जिल्ला शून्य (सूचीसहित) – Nepal Press

समानुपातिकतर्फ वागमतीबाट २९ सांसद, काठमाडौंबाट ८ जना पर्दा तीन जिल्ला शून्य (सूचीसहित)

हेटौँडा । प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ११० सीटमध्ये वागमती प्रदेशबाट २९ जना परेका छन् । राष्ट्रिय पार्टी बनेका सातमध्ये ५ वटा दलले यस प्रदेशबाट उनीहरूलाई चयन गरेका हुन् ।

समानुपातिकबाट कांग्रेसले पाएको ३२ सीटमध्ये ९ जना प्रदेशबाट परेका छन् । एमालेबाट ७, माओवादीबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५ र राप्रपाले ४ जनालाई पठाएको छ ।

राष्ट्रिय पार्टी भएका जनमत पार्टी, जनता समाजवादी पार्टीले भने यस प्रदेशबाट समानुपातिकमा प्रतिनिधित्व गराएका छैनन् ।

कुन जिल्लाको कति प्रतिनिधित्व ?

वागमतीका १३ जिल्लाबाट २९ जनाले समानुपातिकमा अवसर पाउँदा सीट बाँडफाँट भने सन्तुलित नदेखिएको टिप्पणी हुन थालेको छ । तीनवटा जिल्लाबाट शून्य प्रतिनिधित्व छ ।

सबैभन्दा धेरै काठमाडौंबाट ८ जनाले समानुपातिकमा अवसर पाएका छन् । यो सँगै काठमाडौंबाट मात्र १८ जना प्रतिनिधिसभा सांसद भएका छन् ।

त्यसैगरी अवसर प्राप्त गर्नेमा चितवन जिल्ला दोस्रो नम्बरमा परेको छ । चितवनबाट ५ जनाले समानुपातिकमा अवसर पाउँदा ललितपुर र नुवाकोटले ३-३ जना समानुपातिक सांसद पाएको छ । भक्तपुर, धादिङ, काभ्रे र सिन्धुलीले २-२ जना समानुपातिक सांसद पाउँदा दोलखा र सिन्धुपाल्चोकले १-१ जना समानुपातिक सांसद पाउन सफल बनेको छ ।

वागमतीको राजधानीसमेत रहेको मकवानपुरसहित मकवानपुरसँगै रामेछाप र रसुवा पनि समानुपातिक सांसदविहीन जिल्ला बने ।

नेपाली कांग्रेस

डा. प्रकाशशरण महत (नुवाकोट)

अम्बिका बस्नेत (काठमाडौं)

प्रतिमा गौतम (काठमाडौं)

रमा कोइराला (भक्तपुर)

सुशीला थिङ (सिन्धुली)

सपना राजभण्डारी (काठमाडौं)

अञ्जनी श्रेष्ठ (चितवन)

शान्ति विक (चितवन)

सीता मिजार (नुवाकोट)

नेकपा एमाले

रघुजी पन्त (काठमाडौं)

ईश्वरबहादुर रिजाल (दोलखा)

रुक्मिनी राना बराइली (काभ्रे)

देवीप्रसाद भट्टचन (ललितपुर)

नैनकला थापा मगर (चितवन)

रणकुमारी बलम्पाकी मगर (सिन्धुली)

शान्ति श्रेष्ठ (काठमाडौं)

नेकपा माओवादी केन्द्र

ज्ञानु बस्नेत सुवेदी (चितवन)

विमला सुवेदी (नुवाकोट)

रणेन्द्र बराली (चितवन)

मिना तामाङ (काभ्रे)

राष्ट्रिय स्वतन्त्र पार्टी

सुमना श्रेष्ठ (काठमाडौं)

डा।चन्दा कार्की (ललितपुर)

डोलप्रसाद अर्याल (काठमाडौं)

सन्तोष परियार (भक्तपुर)

असिम शाह (काठमाडौं)

राष्ट्रिय प्रजातन्त्र पार्टी

पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक)

बुद्धिमान तामाङ (धादिङ)

बिना लामा (धादिङ)

रोशन कार्की (ललितपुर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर