वाणिज्य बैंकहरुमा बढ्यो शंकास्पद कारोबार: प्रतिवेदन – Nepal Press

वाणिज्य बैंकहरुमा बढ्यो शंकास्पद कारोबार: प्रतिवेदन

काठमाडौं । वाणिज्य बैंकहरुमा शंकास्पद कारोबार ह्वात्तै बढेको प्रतिवेदन केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय जानकारी इकाइले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार शंकास्पद कारोबार बढेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा शंकास्पद कारोबारको रिर्पोटिङ ८१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १ हजार ५३३ वटा रिपोर्टिङ भएको थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐनमा शंकास्पद कारोबार भएको ३ दिनभित्र इकाइमा रिर्पोट गर्नुपर्ने प्रावधान छ ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले वित्तीय जानकारी इकाइमा २ हजार ३८० वटा शंकास्पद कारोबारको रिपोर्टिङ गरेका थिए । अघिल्लो वर्ष एक हजार ४०३ वटा शंकास्पद कारोबारको केन्द्रीय बैंकमा रिपोर्टिङ पुगेको थियो ।

सम्पत्ति शुद्धीकरणको सूचना संकलन र विश्लेषण गर्दै आएको वित्तीय जानकारी इकाइमा २ हजार ७८० वटा शंकास्पद कारोबारको रिपोर्टिङ भएको थियो । रिर्पोटिङ विकास बैंक, वित्त कम्पनी, लघुवित्त, इन्सुरेन्स, रेमिट्यान्स कम्पनी, धितोपत्र कम्पनी, सहकारी तथा सरकारी निकायले गरेका हुन् ।

प्रतिवेदनअनुसार सबैभन्दा कम शंकास्पद कारोबार सहकारीमा भएको देखिन्छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरसँग सम्बन्धित भएको शंका लागेमा वा शंका गर्ने मनासिब आधार भएमा शंकास्पद मान्नुपर्ने सम्पत्ति शुद्धीकरण ऐनमा उल्लेख छ । यद्यपि शंकास्पद कारोबार जति सबै अपराध पुष्टि नहुन पनि सक्छ । सम्पत्तिको स्रोतमा शंका लागेमा त्यस्तो कारोबार शंकास्पद हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर