ईश्वरी जिएम बन्दैछिन् एमालेबाट कान्छी सांसद – Nepal Press

ईश्वरी जिएम बन्दैछिन् एमालेबाट कान्छी सांसद

काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य ईश्वरी जीएम समानुपातिक सांसद बनेकी छन्।३३ वर्षीया उनी सबैभन्दा कान्छी केन्द्रीय सदस्य र रोल्पा जिल्ला सह-ईन्चार्ज हुन्।

०४६ साल फागुनमा रोल्पाको नुवागाउँमा जन्मिएकी उनी ०६२ सालदेखि अनेरास्ववियू-एमालेको राजनीतिमा सक्रिय छिन्।माओवादीले ‘आधार क्षेत्र’ दाबी गर्ने रोल्पाकी जीएम तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला अनेरास्ववियूमा आबद्ध भएकी थिइन्।

शान्ति प्रक्रियापछि उनले विद्यार्थी राजनीति छाडेर केही समय पत्रकारिता गरिन्। प्रेस चौतारी रोल्पा शाखाको अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पा शाखाको सचिव समेत भइसकेकी जीएम पत्रकारिता छाडेर फेरि पूर्णकालीन राजनीतिमा होमिइन्।

जीएमले एमाले जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य र लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य भएर काम गरिन्। नेकपा ‍(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट ३२ वर्षको उमेरमै केन्द्रीय सदस्य निर्वाचित भइन्, उनी।

रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य (भिडिओ अन्तर्वार्ता)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर