कोलकाताको हिमालयन सुन्तला पर्यटन उत्सवमा नेपाली स्टल (तस्बिरहरु) – Nepal Press

कोलकाताको हिमालयन सुन्तला पर्यटन उत्सवमा नेपाली स्टल (तस्बिरहरु)

कोलकाता । पश्चिम् बंगालको राजधानी कोलकातामा भएको ‘हिमालयन सुन्तला पर्यटन उत्सव’ शुक्रबारबाट सुरु भएको छ। कोलकाताको सल्ट लेक सिटीको सिटी सेन्टरमा आयोजना भएको उत्सवमा नेपालका मात्रै तीन सय हाराहारी सहभागी भएको नेपालको डेलिगेसन नेतृत्व गरेका अर्जुन कार्की बताउँछन् ।

सन् २०१४ बाट सुरु भएको उत्सवमा नेपाल, भारत र आसपासमा हिमालय क्षेत्रका होमस्टे संचालक तथा कृषकहरुको सहभागीतामा उत्सव हुँदै आएको छ। उत्सवका आयोजक मन्डलका सदस्य राज बसुका अनुसार नेपाल तथा भारतका हिमालय क्षेत्रका २८ सय होमस्टे, १७ सय बढी उत्पादन र १५ सय बढी संस्कृतिको प्रदर्शनले उत्साह भरिएको छ।

तीन दिने उत्सवमा एक लाख बढीको आगमन हुने भन्दै बसुले यो उत्सव एसियाको सबैभन्दा ठूलो ग्रामीण पर्यटन उत्सव भएको दाबी गरे। उत्सवमा नेपालका अतिरिक्त दाजलिङ, सिक्किम, अरुणान्चलदेखि कुमाउसम्मका स्टल रहेका छन् ।

नेपाली स्टलमा सुन्तला,एभोकाडो, घिउ, चमर, छुर्पीदेखि अचारसम्म प्रदर्शनमा राखिएको छ। प्रदेश १ का पर्यटन क्षेत्र देखि होमस्टेको जानकारी पनि राखिएको स्टलमा धेरैले चासो दिएको बताउँछन् पाँचथरको फालेलुङबाट आएका नेपाली सहभागी कृषक चन्द्र नेपाल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर