कांग्रेस कार्य सम्पादन समिति बैठक सुरु, समानुपातिक उम्मेदवारहरु नेता फकाउँदै (तस्बिरहरु) – Nepal Press

कांग्रेस कार्य सम्पादन समिति बैठक सुरु, समानुपातिक उम्मेदवारहरु नेता फकाउँदै (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु भएको छ । समानुपातिकमा पठाउने नामहरुको टुंगो लगाउन बैठक बसेको हो ।

समानुपातिकको बन्दसूचीमा रहेकाहरु अहिले केन्द्रीय कार्यालयमा भिड लागेका छन् । बैठकअघि उनीहरु पार्टीका प्रमुख नेताहरुलाई आफ्नो नाम समावेश गर्न लविङ गरिरहेका देखिन्थे ।

खासगरि महिला उम्मेदवारहरुले सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङदेखि केन्द्रीय सदस्य किशोरसिंह राठोरसम्मलाई घेरेर फकाइरहेका थिए ।

कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ । आकांक्षीहरु धेरै भएकाले सभापति देउवा दवावमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर