पूर्वी नेपाल नजिकैको लोकप्रिय भारतीय दिघा बिच (भिडिओ) – Nepal Press

पूर्वी नेपाल नजिकैको लोकप्रिय भारतीय दिघा बिच (भिडिओ)

कोलकाता । भारतको पश्चिम् बङ्गालमा रहेको दिघा बिच पूर्वी नेपालका घुमन्तेलाई नजिकैको सबैभन्दा लोकप्रिय समुन्द्री किनार हो । पश्चिम् बङ्गाल सरकारको पर्यटन निकायका अनुसार कोलकाताबाट १८६ किलोमिटर दूरीमा दिघा छ ।

कोलकाताबाट पाँच घन्टा आसपासको सडक दूरीमा पुगिने दिघा ७ किलोमिटर लामो छ । गर्मी मौसममा भीडभाड हुने दिघामा जाडोमा पनि आगन्तुकहरु आउने स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् ।

बङ्गाल सरकारको पर्यटन पोर्टलका अनुसार दिघा १८ औं शताब्दीमा बेलायतीबाट पत्ता लागेको थियो । अहिले पुरानो र नयाँ गरी दुई दिघा छन् । तीन किलोमिटर आसपासका यी दुईमा आगन्तुकहरु पुग्ने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर