विश्वकपः ब्राजिल र क्रोएसियाको पहिलो हाफ बराबरी – Nepal Press

विश्वकपः ब्राजिल र क्रोएसियाको पहिलो हाफ बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो हाफमा ब्राजिल र साविक उपविजेता क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी रंगशालमा जारी प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा दुवै टिमले गोल गर्ने अवसर पाएपनि फिनिसङमा चुक्दा अग्रता लिन सकेनन् ।

समूह ‘जी’ मा रहेको ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गोलको नतिजमा हराएको थियो । दोस्रो खेलमा स्विट्जल्यान्डलाई १–० को नतिजमा पराजित गर्दै लगातार दुई जित निकाल्दै अन्तिम १६ प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० को नतिजमा हारेपनि ब्राजिल समूह विजेताको हैसियतले अन्तिम १६ पुगेको हो ।

समूह ‘एफ’ को क्राएसियाले पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । यस्तै, दोस्रो खेलमा क्यानाडालाई ४–१ को नतिजमा हराएको थियो । अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।

ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियाविरुद्ध ४–१ गोलको सानदार जित निकाल्दै क्वार्टरफाइनलमा क्राएसियासँगकोे भेट पक्का गरेको थियो । क्राएसियाले अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।

जारी खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *