यी हुन् नागरिक उन्मुक्ति पार्टीका समानुपातिकतर्फ ५ प्रदेश सांसद – Nepal Press

यी हुन् नागरिक उन्मुक्ति पार्टीका समानुपातिकतर्फ ५ प्रदेश सांसद

कैलाली । नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो । केन्द्रीय प्रवक्ता दामोदर पण्डितका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनीमा २–२ जना र मधेस प्रदेशमा १ जनाको नाम छनोट गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुङ्ग्याइएको छ । यसै गरी लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरिएको हो । मधेस प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरिएको प्रवक्ता पण्डितले जनकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ भने प्रदेशतर्फ ७ सिट जितेको हो । केन्द्र थ्रेस होल्ड कटाउन नसके पनि तीन प्रदेशमा भने समानुपातिक सांसद पाएको छ । प्रत्यक्ष तर्फ सुदूरपश्चिम पश्चिममा ५ सिट र बर्दियामा २ सिट जितेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर