पोखराको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एकजनाको मृत्यु – Nepal Press

पोखराको मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एकजनाको मृत्यु

पोखरा । पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । बिरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।

धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।
 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर