दण्डहीनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन – Nepal Press

दण्डहीनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पूर्वसन्ध्यामा दण्डहिनताको अन्त्यको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

नेपाल मानव अधिकार संगठनको आयोजनामा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राख्दै शुक्रबार प्रदर्शन गरिएको हो । सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय, संक्रमणकालीन न्यायको बाहानामा नियमित फौजदारी प्रणाली अवरुद्ध नपारियोस्, दण्डहीनताको अन्त्य गरियोस् भन्ने लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।

लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको मानवअधिकारकर्मी चरण प्रसाईले बताए । उनले विधिको शासनको अभावले लामो समयअघिका पीडितले समेत न्याय पाउन नसकेको भन्दै मंसिर ४ को निर्वाचनले राजनीतिमा वैकल्पिक शक्तिको उदय भएकाले परम्परागत दलहरुले पिडितलाई न्याय दिन नसके ती दलहरु विस्थापित हुने बताए ।

विगत दशवर्षे सशस्त्र युद्धको समयमा भएका हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हननका घटनाहरुको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठन गरिएपनि पीडितले न्याय पाउन सकेका छैनन् ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर