काठमाडौं उपत्यकामा आज ट्राफिक जाम हुनुका यी चार कारण – Nepal Press

काठमाडौं उपत्यकामा आज ट्राफिक जाम हुनुका यी चार कारण

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखियो । सवारी साधन लामो समय जाममा परेका थिए । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार ट्राफिक जाम हुनुको प्रमुख कारण पुल्चोकमा आयोजित दिक्षान्त समारोह हो ।

‘करिब १० हजार मानिस उक्त दिक्षान्त समारोहमा सहभागी भएकाले ट्राफिक जामको प्रमुख कारण नै त्यही रह्यो’, ट्राफिक प्रमुख मिरा चौधरीले भनिन् । डीआईजी चौधरीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा आयोजित भष्ट्रचारविरुद्ध दिवासको अवसरमा आयोजित कार्यक्रम पनि अर्को कारण हो ।

हायात होटलमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण र शुक्रबार परेको विवाहको लगनका कारण पनि ट्राफिक व्यवस्थापनमा समस्या आएको उनले बताइन् । उनले करिब २ घण्टा समस्या आएको र अहिले सामान्य बन्दै गएको जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर