सिनेमा हलमा ‘वर्ल्डकप’ नदेखाउन विकास बोर्डको ध्यानाकर्षण – Nepal Press

सिनेमा हलमा ‘वर्ल्डकप’ नदेखाउन विकास बोर्डको ध्यानाकर्षण

काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबल नदेखाउन नदेखाउन ध्यानाकर्षण गराएको छ ।

 नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रशारण हुन लागेको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वकपका खेलहरु हलमा देखाए कारबाहीकाे चेतावनी पनि बोर्डले दिएको छ ।

विज्ञप्ति जारी बोर्डले भनेको छ, ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ ।’

अहिले कतिपय सिनेमा घरहरुले विज्ञापन नै गरेर फुटबल देखाउने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर