कर्णालीबाट प्रतिनिधिसभाको समानुपातिकमा एमालेकी सूर्यकुमारीको सम्भावना – Nepal Press

कर्णालीबाट प्रतिनिधिसभाको समानुपातिकमा एमालेकी सूर्यकुमारीको सम्भावना

सुर्खेत । नेकपा एमाले कर्णालीबाट संघीय संसद प्रतिनिधिसभामा ‘निल’ हुनबाट जोगिने सम्भावना बढेको छ । कर्णालीका १२ वटै क्षेत्रमा उम्मेदवार उठाएको एमालेले कहिँ पनि जित हात पार्न सकेन । तर, समानुपातिकमा दैलेखकी सूर्यकुमारी श्रेष्ठ पर्ने सम्भावना देखिएको हो ।

एमाले स्थायी कमिटी सदस्य गोरख बोगटी पिछडिएको क्षेत्र अन्तर्गत १४ औं नम्बरमा छन् । उनको सम्भावना करिब समाप्त भएको छ । खस आर्यतर्फबाट एमाले केन्द्रीय सल्लाहकार सदस्य गेहेन्द्रप्रसाद दाहाल ९ औं स्थानमा छन् । उनको पनि सम्भावना सकिएको छ ।

एमालेले समानुपातिकतर्फको ३४ सीटमा महिलाबाट सूर्यकुमारी सिफारिसमा पर्ने देखिएको हो ।

यस्तै, जाजरकोटकी ताराकुमारी शाक्य, कालिकोटका प्रेमबहादुर सिंह, जुम्लाका मेनका पछाई, रुकुमका चन्द्रबहादुर विश्वकर्माको नाम बन्दसूचीमा भएपनि उनीहरू पनि समानुपातिकमा आँट्ने सम्भावना क्षीण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर