चोलेन्द्रलाई छेक्न सर्वोच्चमा भेला हुँदै बारका वकिल – Nepal Press

चोलेन्द्रलाई छेक्न सर्वोच्चमा भेला हुँदै बारका वकिल

काठमाडौं । महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको पत्रपछि कामकाज गर्न सर्वोच्च आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई आज पनि छिर्न नदिन बारका वकिलहरूले तयारी गरेका छन् ।

राणालाई आज पनि सर्वोच्च छिर्न नदिन गेटमा अवरोधका लागि उनीहरू यतिखेर भेला भइरहेका छन् । बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्न पोखरामा हुने मानवअधिकार सम्मेलनको पूर्वनिर्धारित कार्यक्रम रोकेको छ ।

संसद सचिवालयका महासचिवले बुधबार महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् । यसलगत्तै बारको बैठक बसेर पत्र गलत भएको भन्दै राणालाई रोक्ने निर्णय गरेको थियो ।

जबरामाथिको महाअभियोग निष्क्रिय भएको भन्ने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको निर्णय र सोबमोजिमको पत्रविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर