जीप दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु – Nepal Press

जीप दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु

कैलाली । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पाटन नगरपालिका-१० डंसिलीमा से. १ ज ८१६ नम्बरको जीप दुर्घटना हुँदा डडेल्धुरा नवदुर्गा गाउँपालिका-५ उकालीका ३६ वर्षीय तेजबहादुर साउँदको मृत्यु भएको हो ।

डडेल्धुराको अनारखोलीबाट ठूलीखाली गइरहेको बेला जीप दुर्घटनामा परेको थियो । जीपमा चालकमात्र थिए । सडकबाट करिब १५० मिटर तल जीप खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *