स्कटल्यान्डविरुद्ध नेपाल निरीह, त्रिकोणात्मक श्रृंखलामा जितविहीन – Nepal Press

स्कटल्यान्डविरुद्ध नेपाल निरीह, त्रिकोणात्मक श्रृंखलामा जितविहीन

काठमाडौं । नेपालले लिग टु क्रिकेट अन्तरगत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध कमजोर प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १२० रनको झिनो लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा भेट्टायो ।

अन्तिम खेलमा ८ विकेटको हारसँगै श्रृंखलामा नेपाल जितविहीन बनेको छ । यसअघिका तीन खेलमा नेपालले दुई हार व्यहोरेको थियो भने नामिबियाविरुद्धको एउटा खेल वर्षाका कारण रद्द भएको थियो ।

आज नेपालको ब्याटिङ र बलिङ दुवै फ्लप भए । कप्तान रोहित पौडेलबाहेक कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् । रोहित ४७ रन बनाएर आउट भएका थिए ।

नेपालले दिएको लक्ष्य स्कटल्यान्डले १७ ओभरमै भेट्टायो । गुलशन झा र दिपेन्द्र सिंह ऐरीले १–१ लिए भने बाँकी बलर विकेटविहीन रहे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *