रास्वपा कार्यालयअघि कार्यकर्ताको खबरदारी, समानुपातिक सांसद चयनमा चलखेलको आरोप – Nepal Press

रास्वपा कार्यालयअघि कार्यकर्ताको खबरदारी, समानुपातिक सांसद चयनमा चलखेलको आरोप

काठमाडाैं। समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनीहरूको भनाई छ । रास्वपाले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिकको बन्दसूची तय गरेको थियो ।

तर, प्राइमरी इलेक्सनमा थोरै मत ल्याएकाहरूलाई समानुपातिक सांसद बनाउन खोजेको भन्दै वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा खबरदबारी कार्यक्रम गरिएको हो ।

सुनसरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट पराजित तथा सुनसरी सभापति लालविक्रम थापाले थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई नेतृत्वलाई खबरदारी गरिएको बताए ।

डिजिटल डेमोक्रेसीको कुरा गर्ने पार्टी डिजिटलकै अवधारणा अनुसार चलोस् भन्नका लागि आफूहरूले दबाब दिएको थापाको भनाइ छ ।

निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएकाहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनिसकेको छ । रास्वपाले प्रत्यक्षतर्फ ७ सीट जितेको छ । त्यस्तै समानुपातिकमा १३ सीट पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर