जब हजारौँको भिड अगाडि मृत्युदण्डको सजाय दिइयो – Nepal Press

जब हजारौँको भिड अगाडि मृत्युदण्डको सजाय दिइयो

काठमाडौं । अफगानिस्तानको फराह प्रान्तमा बुधबार हत्याको आरोपमा एक व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको छ । तालिबानका प्रवक्ताले खेलकुद स्टेडियममा हजारौंको भीडको अगाडि हत्याका दोषीलाई मृत्युदण्ड दिइएको पुष्टि गरेका हुन् ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। बीबीसीको रिपोर्टका अनुसार हत्याको अभियोग लागेका व्यक्तिलाई खचाखच भरिएको स्टेडियममा मृतकका बुबाले असल्ट राइफलले तीन पटक गोली हानेर हत्या गरेका थिए।

सार्वजनिक रूपमा दिइएको यो सजाय हेर्न तालिबान नेताहरू, अदालतका न्यायाधीश, सैन्य अधिकारी र धेरै वरिष्ठ मन्त्रीहरू समेत उपस्थित भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । हेरात प्रान्तका एक व्यक्तिलाई तालिवानले मृत्युदण्डको सजाय सुनाएको घटना पाँच वर्षअघिको हो।

जसमा ताजमिर नामका व्यक्तिले फराह प्रान्तका एक व्यक्तिको हत्या गरी उनको मोटरसाइकल र फोन चोरेका थिए । मृतकका परिवारका सदस्यहरूले आरोपीविरुद्ध उजुरी दर्ता गरेपछि उनलाई तालिवानले गिरफ्तार गरी सो सजाय दिएको हो ।

तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना सम्पूर्ण न्यायधिसहरुलाई दोषीलाई सार्वजनिक रुपमा सजाय दिनका निमित्त आदेश दिएका थिए । यद्यपि तालिबानले कुन अपराधमा के सजाय दिने भन्ने बारे केही अधिकारिक घोषणा गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर