कैलालीमा हँसियाले हानेर सालोको हत्या गर्ने भिनाजुले आत्मसमर्पण गरे – Nepal Press

कैलालीमा हँसियाले हानेर सालोको हत्या गर्ने भिनाजुले आत्मसमर्पण गरे

कैलाली। कैलालीमा हँसिया प्रहार गरेर सालोको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले ढुङ्गाना आफैँ इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएको पुष्टि गरे ।

ढुङ्गानाले मंगलबार जोशीपुर गाउँपालिका ६ कुमारीबागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । भण्डारी ढुङ्गानाका सालो हुन् ।

उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय अर्का सालो जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर