कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त – Nepal Press

कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासक पदमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखा स्थायी घर भएका धिताललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

धिताल कोषमा कार्यवाहक प्रशासकको जिम्मेवारीमा थिए । करिव डेढ वर्षअघि २०७८ भदौ १० गते बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई बर्खास्त गरेको थियो । गौतम बर्खात भएदेखि नै धितालले कार्यबाहक प्रशासकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर