बार एसोसिएशनले भन्यो : संघीय संसद्का महासचिवले पदीय हैसियत भुले, तत्काल कारबाही गर्नु – Nepal Press

बार एसोसिएशनले भन्यो : संघीय संसद्का महासचिवले पदीय हैसियत भुले, तत्काल कारबाही गर्नु

काठमाडौं । नेपाल बार एसोसिएशनले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

बार अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले संयुक्त विज्ञप्ति गारी गरेर महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न पनि माग गरेका हुन् ।

प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर राणाको महाभियोग निष्प्रिभावी बनाउने पत्र संसद सचिवालयले उठाएपछि कारबाहीको माग गरेका हुन् ।

एशोसिएशनले विगतमा १०९ दिनसम्म न्यायपालिकाको समग्र सुधार, शुद्धिकरण र सुदृढीकरणका लागि जबराको राजीनामा समेतको माग राखी निरन्तर आन्दोलनमा गरेको उल्लेख गरेको छ ।

आन्दोलनको उपज चोलेन्द्रविरुद्धमा नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव संसदमा पेश भई प्रक्रियासमेत अगाडि बढेको अवस्थामा निज उपर लगाइएको महाभियोग संसदको पूँजी बनी सकेको दाबी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महाभियोग सिफारिस समितिले आवश्यक अनुसन्धान प्रक्रिया पुरा गरी आउँदो सार्वभौम संसदमा निर्णयार्थ पेश गर्ने गरी गरेको निर्णयलाई चुनौती दिँदै अविछिन्न उत्तराधिकारवाला सार्वभौम संसदको मूल्य–मान्यता विपरीत आफनो पदीय हैसियतको ख्याल नगरी एक कर्मचारीबाट सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको निलम्बनको पत्रलाई निष्प्रभावी भएको निष्कर्ष निकाल्दै पत्राचार भएको विषयमा यस एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’


प्रतिक्रिया

One thought on “बार एसोसिएशनले भन्यो : संघीय संसद्का महासचिवले पदीय हैसियत भुले, तत्काल कारबाही गर्नु

  1. उनको पदिय हैसियतको कुरा गर्ने तिमीहरू को हौ ? न्यायाधिशलाई घुस खुवाएर फैसला गराउने विचोलिया दलालहरूलाई यो भन्ने अधिकार दियो कसले ? संसदको निर्णयमा हस्तक्षेप गर्ने तिमीहरू को हौ ?अदालतमा हुलहुज्जत गरेर गुण्डागर्दी गर्ने तिमीहरू अरूलाई कानूनको पाठ सिकाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर