‘गो ब्याक’ को आदेश आएपछि राणाको निवासमा तैनाथ सुरक्षाकर्मी निस्किए – Nepal Press

‘गो ब्याक’ को आदेश आएपछि राणाको निवासमा तैनाथ सुरक्षाकर्मी निस्किए

काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई निवासबाट बाहिरिन नरोक्ने संकेत गरेको छ ।

केही बेर अघि राणाको निवासबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको भए पनि अहिले सबै निस्किएका छन् ।

सुरक्षा स्रोतका अनुसार माथिल्लो निकायबाट ‘गो– ब्याक’ को आदेश आएपछि त्यहाँबाट सुरक्षाकर्मीहरूलाई हटाइएको हो ।

प्रधानन्यायाधीश राणा अहिलेसम्म निवासबाट निस्किएका छैनन् । महाअभियोग निष्क्रिय भएपश्चात् उनले आजै सर्वोच्च जाने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर