राणाको निलम्बन फुकुवापछि बारको आकस्मिक बैठक जारी, सर्वोच्चको फुलकोर्ट पनि बस्दै – Nepal Press

राणाको निलम्बन फुकुवापछि बारको आकस्मिक बैठक जारी, सर्वोच्चको फुलकोर्ट पनि बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रस्ताव खेर गएपछि नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसिरहेको छ । महाअभियोग निष्क्रिय भएसँगै राणाले सर्वोच्च फर्किने तयारी गरेकोमा आफ्नो रणनीति बनाउन बारका सदस्यहरू जुटेका हुन् ।

सर्वोच्च परिसरमा पत्रकारसँग कुरा गर्दै वरिष्ठ अभिवक्ता शम्भु थापाले बारको वैठक बसिरहेको र केहीबेरमा निर्णय आउने बताए । यसअघि राणा सर्वोच्च आउने तयारी गर्दा बारले अवरोध गरेको थियो । अहिले संसदबाटै क्लीन चिट लिएर आउन लागेकाले बार अलमलमा परेको छ ।

यता, सर्वोच्च अदालतका कामु न्यायाधीश हरिकृष्ण कार्कीले फुल कोर्ट बोलाएका छन् । राणा सर्वोच्च आउन लागेको समाचार सार्वजनिक भएपछि उनी हत्तारिँदै कार्यालय आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर