भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजको सहकार्यमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गरिने – Nepal Press

भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजको सहकार्यमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृतीफाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी –नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचि वलिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदानगर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेकी छिन् । हस्ताक्षर कर्ता अधिकारी पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको पुत्री हुन् ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो । फाउन्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्तिविकास, क्षमता विस्तार र असलपत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदानगरिने भएको हो । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०/५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।

फाउण्डेसन र नाफिज बीच भविष्यमा यस्तै पुरस्कार प्रदानगर्न अक्षयकोष स्थापना गर्ने सहमती पनि भएको छ ।
भरतमोहन अधिकारी पूर्व उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका नेता थिए । उनको जन्म वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरी जिल्लाको भ्रमणपुरा गाउँमा भएको थियो ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहन अधिकारी तीनपटक अर्थमन्त्री भएका थिए । वि.सं. २०५१ सालमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास र गाउँगाउँमा सहकारी जस्ता कार्यक्रम उनकै कार्यकालमा ल्याइएको थियो ।

अधिकारी २०५३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत भएका थिए । २०५६, २०६१ मा पनि अधिकारी अर्थमन्त्री थिए । २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बनेका थिए । उनको निधन २०७५ साल फागुन १८ गते भएको थियो । फाउण्डेसनको स्थापना २०७६ साउनमा भएको हो । उनकै सम्झनामा पुरस्कार प्रदानगर्ने घोषणा गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर