हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु – Nepal Press

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैचा-१० मा हात्तीको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट आज अजय बास्तोलाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको र उनीसँगै जंगल गएकी श्रीमती जानुका भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *