राष्ट्र बैंकले बैंकहरुमा ४ अर्ब बढी लगानी गर्ने – Nepal Press

राष्ट्र बैंकले बैंकहरुमा ४ अर्ब बढी लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ४ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषको सो रकम लगानी गर्न लागेको हो ।

पेन्सन कोषको ३ अर्ब ४ करोड र कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा राख्न लागेको हो ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा सो रकम १ वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । कर्मचारी सुरक्षण कोषको १ अर्ब २७ करोड मध्ये क वर्गको वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ, ख वर्गको विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र ग वर्गका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै पेन्सन कोषको २ अर्ब ४३ करोड २० लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकमा, ४५ करोड ६० लाख ख वर्गका विकास बैंकमा र १५ करोड २० लाख ग वर्गका वित्त कम्पनीमा मुद्दती निक्षेपमा राख्ने केन्द्रीय बैंकले जनाएको छ ।

यो रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर बोलकबोल गरी मंसिर २५ गतेसम्म जानकारी गराउन भनेको छ ।

रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेको विभिन्न शर्त पुरा गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर