पाँच चिनियाँ जहाज बेच्दै निगम, मूल्यांकनका लागि टेण्डर आव्हान – Nepal Press

पाँच चिनियाँ जहाज बेच्दै निगम, मूल्यांकनका लागि टेण्डर आव्हान

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पाँचवटा चिनियाँ जहाज बिक्रीका लागि मूल्यांकन प्रक्रिया सुरु गरेको छ । निगमले मंगलबार एक सूचना जारी गर्दै ज २ वटा एमए/६० र ३ वटा वाई/१२ जहाज ब्रिक्री गर्न मूल्यांकनका लागि कम्पनी छनोट गर्न टेण्डर आव्हान गरेको हो ।

निगमले १५ दिनको समय दिएर कम्पनी छनोटका लागि सूचना जारी गरेको छ । निगमले २०७७ साउनदेखि चिनियाँ जहाजको उडान नगर्ने भन्दै ग्राउन्डेड गरेको थियो । यी जहाजको इन्टरनेशन सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्यांकन गर्न इच्छुक फर्म र कम्पनीबाट निगमले प्रस्ताव मागेको हो ।

चीनबाट भित्र्याएको यी जहाजबाट निगमलाई नाफा हुन सकेन । आफुले चलाउन नसकेपछि भाडामा लगाउने सोच बनाएको निगमको सो जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्यांकन प्रक्रिया थालेको हो ।

निगमले सेप्टेम्बर र नोभेम्बरमा २ पटकसम्म जहाज भाडामा दिने गरी टेन्डर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर