मौसम अपडेट : तराईमा हुस्सु, काठमाडौंमा तापक्रम घट्यो – Nepal Press

मौसम अपडेट : तराईमा हुस्सु, काठमाडौंमा तापक्रम घट्यो

काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्दैछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।

साँझ र बिहान चिसो हुनेछ ।

पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

हाल पहाडी भू-भागमा आंशिक बदली छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *