विश्वकपः दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा   – Nepal Press

विश्वकपः दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा  

काठमाडौं । दक्षिण कोरियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

स्टेडियम नाइन फोर सेभेनमा सोमबार राति सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाकेटाले गोल गरे ।

खेलको सातौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।त्यसको पाँच मिनेट नबित्दै नेइमारको गोलमा ब्राजिलले अग्रता दोब्बर पारेको थियो ।

दक्षिण कोरियाका मिडफिल्डर यु योङ जुङले १८ यार्ड बक्सभित्र रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलको अग्रता दोब्बर पारे ।

एसियाली टिममाथि हावि भएको ब्राजिलका लागि २९औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै अग्रता ३–० बनाए ।

त्यसको सात मिनेट नबित्दै लुकास पाकेटाले ब्राजिलका लागि चौथोे गोल गरे ।

दक्षिण कोरियाका पेइक सिउङ होले ७६औं मिनेटमा एक गोल फर्काएका थिए ।

पहिलो हाफमा बनाएको अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै ब्राजिलले सानदार जित निकाल्यो ।

जितसँगै दक्षिण अमेरिकी टिमले सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता क्राेएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल २०१८ मा क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।

सन् २००२ मा घरमै आयोजना भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछि २००६ मा दक्षिण अफ्रिकामा अन्तिम १६ बाटै बाहिरिएको थियो । त्यसपछिका दुई संस्करण समूह चरणबाटै बाहिरिएको दक्षिण कोरियाले यसपटक पनि अन्तिम १६ भन्दा माथिकाे यात्रा तय गर्न सकेन ।

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *