भारतका लागि ‘कम्फरटेबल’ बनेको सरकार ज्यादतीविरुद्ध निरीह बनेको अनेरास्ववियुको आरोप – Nepal Press

भारतका लागि ‘कम्फरटेबल’ बनेको सरकार ज्यादतीविरुद्ध निरीह बनेको अनेरास्ववियुको आरोप

काठमाडौं । दार्चुला घटनामा सरकार मौन रहेकोप्रति नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ।अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण जनाएकी हुन्।

दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार स्थित नेपाल–भारत जोडने पक्की पुलमुनि महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले एकतर्फी रूपमा अनधिकृत तवरले पक्की संरचना बनाउँदै गर्दा नेपाली युवाहरूले विरोध प्रदर्शन गर्दा भारतीय पक्षको ढुंगा लागेर ४ जना स्कुलमा खेलिरहेका वालकहरू घाइते भएको भएका छन्।

बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो एक वर्षमा मात्र तीन पटक सीमा विवादका कारण स्थानीयहरू बीच वारिपारि ढुंगा हानाहान भई असहज परिस्थिति उत्पन्न हुँदा समेत सरकार मौन छ, उल्टै भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपालीहरूलाई नै निरन्तर दमन र लाठीचार्ज गर्ने नेपाल सरकारको रवैयाप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ ।’

सरकार निर्माण अगाडि नै सत्ता गठबन्धनका नेताले सार्वजनिक रूपमा नै भारतको लागि समेत कम्फरटेबल सरकार निर्माण गर्छौं भन्नु, तुइन तर्ने क्रममा भारतीय पक्षबाट तुइन काटेर नेपाली युवा जयसिंह धामी र सीमा मिचेर सडक निर्माण गर्दै गर्दा भएको विस्फोटमा परी नेपाली बालक पवन महराको मृत्यु हुँदा समेत देउवा नेतृत्वको गठबन्धन सरकार मौन रहनुले पनि सरकार कति निरीह रहेको प्रष्ट भएको उल्लेख गरेकी छन्।

‘भूगोलमा मुलुक सानोठूलो हुन्छन् तर राष्ट्रियता र सार्वभौमिकतामा मुलुकहरू समान हुन्छन् भन्ने बिर्सिएर भारतीय पक्षको हेपाहा प्रवृत्तिको कुनै प्रतिक्रिया नजनाउनुले नेपाल सरकार देशको सार्वभौमिकता र आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट विमुख हुँदै गएको स्पष्ट भएको छ विज्ञप्तिमा भनिएको छ।

अनेरास्ववियु आफ्नो देशको सीमा र सीमा क्षेत्रका नागरिकहरूको जीवन रक्षा गर्न नेपाल सरकारसँग माग गरेको छ।


प्रतिक्रिया

One thought on “भारतका लागि ‘कम्फरटेबल’ बनेको सरकार ज्यादतीविरुद्ध निरीह बनेको अनेरास्ववियुको आरोप

  1. अब भारतले यस्ता सयौं काण्ड मच्चाउँछ ।यताका सरकारवादी दलालहरूको यसो विरोध गरेजस्तो गरेर काठमाडौंमा देखाउन एउटा वक्तव्य आउँछ । त्य‍ो वक्तव्य भारत त के लैनचौर पनि पुग्दैन किनकी उसैक‍ो चाकडी गरेर खान पाईएको छ । ठगबन्धन बनाईदिएकै उसैले हो । विरोध गर्ने, पत्र पठाउने, खबरदार भन्ने एमाले, ओलिलाई जसरी पनि सकारमा जान नदिन उसका दलाल दलहरू यहाँ सक्रिय हुन थालिसके । अरू त अरू देश टुक्रय्राउँछु भन्ने एक सिटेको आजभोलि सक्रियता देख्दा पो हाँसो उठछ् । उसलाई मैले ठूलै बाजि मारें भन्ने लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर