प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री खाण – Nepal Press

प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

निर्वाचनको अन्तिम परिणाम आएसँगै कांग्रेस नेताहरूले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । सोही क्रममा आज गृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण प्रचण्ड निवास पुगेका हुन् ।

भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्री खाडको सचिवालयले जनाएको छ ।

आम निर्वाचनमा गठबन्धन गरेर गएका दलहरु आगामी पाँच वर्ष गठबन्धनमै रहने बारे पनि कुराकानी भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर