सेनेगलमा महिला सांसदमाथि संसदमै कुटपिट, कुर्सी हानाहानको क्लिप्स भाइरल (भिडिओ) – Nepal Press

सेनेगलमा महिला सांसदमाथि संसदमै कुटपिट, कुर्सी हानाहानको क्लिप्स भाइरल (भिडिओ)

काठमाडौं । अफ्रिकी देश सेनेगलको संसदमा एक महिला सांसदलाई थप्पड हानेपछि विवाद उत्पन्न भएको छ । डिसेम्बर २ तारिखमा घटेको उक्त घटनाको भिडिओ हाल सामाजिक संजालमा भाइरल भईरहेको छ । सार्वजनिक भएको भिडिओमा एक सांसदले महिला सांसदलाई थप्पड हानेको देख्न सकिन्छ ।

त्यसपछि आक्रोशित महिला सांसदले उनीमाथि कुर्सी प्रहार गरेकी छन् । अन्तर्राष्टिय संचार माध्यमहरुका अनुसार संसदमा बजेट अधिवेशन चलिरहेको थियो । कारबाहीको क्रममा सत्तारूढ दल बेन्नो बोक याकार (बीबीवाई) कि महिला सांसद एमी एन्डिए गानिबीले राष्ट्रपति म्याकी सालको तेस्रो कार्यकालको विरोध गर्ने आध्यात्मिक नेताको आलोचना गरिन् । विपक्षी दलका सांसद मसाता साम्बलाई यो कुरा मन परेन र उनले आफ्नो सिटबाट उठेर गनीबीलाई थप्पड हाने ।

यस सन्दर्भमा थप्पड प्रहार गर्ने सांसद मसाता साम्बले भनेका छन्, ‘एक सांसदले आध्यात्मिक गुरुको अपमान गरिन् । यो गलत हो । महिला सांसदले यो विषयलाई गम्भीरतापूर्वक लिएनन् । गाली गर्दा उनले त्यसलाई टालिन् । मलाई यो मन परेन र महिलालाई थप्पड हानेँ ।’

Really shocking scenes in #Senegal’s parliament this morning pic.twitter.com/HAjTXCPzNR

— Bate Felix (@BateFelix) December 1, 2022


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर